एमाले विवाद समाधान कार्यदलको बैठक अर्थमन्त्रालयमा सुरु

२६ असार, माठमाण्डौ । माधव नेपाल पक्षका नेताहरु कोटेश्वर माधव कुमार नेपालको घरमा जम्मा भएर केही छलफल र परामर्श गरी फर्किएसँगै एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक सुरु भएको छ ।

यसअघि शुक्रबार बसेको कार्यदलको बैठकमा सहमति जुटेको र आज औपचारिक घोषणा हुने नेताहरुले दावी गरेका थिए ।

शुक्रबार झण्डै ८ घण्टा सिंहदरबारमा बसेको कार्यदलको बैठकले विवाद निम्त्याएका एजेण्डामा सहमति जुटाएको नेताहरुको थियो ।

कार्यदलका सदस्य एवम् एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार भाषिक शुद्धता लगायतका विषयलाई पूर्णता दिएर टुङ्ग्याउने जानकारी दिएका थिए ।

त्यस्तै कार्यदल सदस्य गोकर्ण विष्टले पनि लामो छलफलपछि सहमतिमा पुगेको बताएका थिए ।