बिरगंज नाकामा चिया पसले गर्ने एक महिलामा कैलाली क्यारेन्टायनमा कोरोना संक्रमित फेला

१ वैशाख, धनगढी । कोराना भाइरसले आज विश्व नै त्रासले लकडाउनमा रहेको अवस्थामा नेपाल समेत लकडाउनको अवस्थामै आज कैलालीको लम्की चुहामा ५५ वर्षीया महिलामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण भेटिएको पाइएको छ । विगत १७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेकी ति महिलाई कोरोरा संक्रमण देखिएको हो बताइएको छ । वीरगञ्ज नाकामा चिया पसल गरेर गुजरा चलाइरहेकी ति महिला चैत ९ मा लम्की आएकी थिइन् । कैलाली भुरुवामा आफन्त कहाँ बसेकी ति महिलाई स्थानीय जनप्रतिनिधिले क्वारेन्टाइनमा राखेको थिए ।