अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको वार्ता बिना निष्कर्ष सकियो

२३ असार, काठमाडौं । नेकपा एमाले भित्रको विवाद मिलाउने भनेर कार्यदल व्यूँताएर तीन दिन दिनहुँ दोस्रो तहका नेताहरुबीच नौपचारिक वार्ता र छलफलपछि आज पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच साँझ काठमाण्डौको मेरिट होटलमा भेटवार्ता भएपपपिनन बिना निष्कर्ष सकिएको छ ।

भेटवार्तामा दुबै नेता आ–आफ्नो अडान कायम नै रहेका कारण कुनै सहमति हुन सकेन । भेटमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफूलाई निःशर्त सहयोग खोजेपछि नेता नेपाल सहमत हुन सकेनन् ।
ओलीले एकलौटी ढंगले १८ असारमा केन्द्रीय कमिटीको बैठक राखेर हिजो सोमबार साँझसम्म सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबाट हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए । तर आज त्यसपछि पनि ओलीले फैसला आउँदासम्म हस्ताक्षर कायमै राख्नेहरु एमाले रहन्नन् । तर भोलिपल्टै सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल नेता नेपालको निवासमा पुगे र संयुक्त वक्तव्य जारी गर्ने प्रस्ताव राखे ।

वरिष्ठ नेता नेपाल त्यसमा सहमत भए र कार्यदलमार्फत संयुक्त वक्तव्यको मस्यौदा ल्याउन आग्रह गरे । तर ओली पक्षका नेताहरुले कार्यदल निश्क्रिय रहेकाले त्यो ब्यूँताउन पनि दुई नेता भेट्नुपर्ने बताए । त्यसमा सहमति नजुटेपछि एमाले अध्यक्ष ओली कार्यदल ब्यूँताउन सफल भयो ।
लगातार तेस्रो दिन बुधबार सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि सचिव गोकर्ण विष्टका अनुसार सर्वोच्च अदालतको फैसलाअनुसार २ जेठ २०७५ मा फर्किंदा पार्टी र जनवर्गीय संगठनहरुलाई पूर्ववत् अवस्थामा फर्काउन लगभग सहमति भएको थियो । पार्टी केन्द्रीय कमिटीको संख्या, एमालेमा रहेका पूर्वमाओवादी नेताहरुको व्यवस्थापन र अदालतको मुद्दामा धेरै नजिक पुगेको छ ।

कार्यदलका अर्का एक सदस्यले बताएअनुसार ओली पक्षका नेताहरुले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेट भएपछि विवादित विषयहरु मिल्ने दाबी गरेका थिए । तर आजको ओली र नेपालबीचको भेटले कुनै सार्थक लिन सकेन ।
तर वार्ता सकारात्मक तिर गएको र भोलिका दिन वार्ता र छलफल जारी राखिने बताइएको छ ।