बहिर्गमित जनमुक्ति सेना नेपालको नेतृत्व र भूतपूर्व मन्त्री तथा एमाले प्रवक्ता प्रदीप ज्ञवालीबीच भेटघाट

बहिर्गमित जनमुक्ति सेना नेपालको नेतृत्वले आज भूतपूर्व मन्त्री तथा एमाले प्रवक्ता प्रदीप ज्ञवालीलाई भेटेको छ । एमाले पार्टी मुख्यालय थापाथलीमा इन्चार्ज असिम लिम्बू (सुनिल), अध्यक्ष रमेश बसेल (करन), उपाध्यक्ष खडक बहादुर रम्तेल (सम्राट), उपाध्यक्ष तथा प्रवक्ता राजन थापा (सुवास) को टोलीले भेटवार्ता गरेको हो ।

पूर्व परराष्ट्रमन्त्री तथा नेकपा एमाले सचिव एवम् लोकतन्त्रका योद्धा अभिलेखिकरण तथा सम्मान समितिका संयोजक प्रदीप ज्ञवाली र बहिर्गमित जनमुक्ति सेना नेपालका केन्द्रीय कमिटी बिच आज एम घण्टा लामो छलफल भएकोजानकारी संगठनका अध्यक्ष रमेश बसेल (करणले) कदरन्युजलाई बताउनु भएको छ। उहांका अनुसार आजको छलफलमा गएको बैशाख १ गतेदेखि सुरु गरिएको लोकतन्त्रका योद्धा सम्मान कार्यक्रम लाई छिट्टै निरंतरता दिने, बजेट भाषणमा सम्बोधन भएको विषयलाई कार्यविधि बनाएर कार्यन्वयन गर्ने लगायतका विषयमा केन्द्रित रहेको छलफल भएको बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष रमेश बसेल (करन) ले बताए।