थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि २८ जनाको मृत्यु

२३ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २८ जनाको कोभिड–१९ संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७८३५ जनाको पीसीआर टेष्ट गर्दा २०७७ जनामा संक्रमण पुष्टि भएको हो । लक्ष्मण भएका संक्रमितको सरकारी अस्पतालहरुमा निःशुल्क परीक्षण हुने भन्दै उनले यदि कसैलाई कोरोना संक्रमण लक्ष्मण भए परीक्षण गराउन आग्रह
गरे ।

यस्तै देशभरमा ४०६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार थप भएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ५४३ जना छन्, जसमा काठमाडौंका ३९०, ललितपुरका ८६ र भक्तपुरका ६७ जना छन् ।