शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ र सञ्चारकर्मी रुपा सुनारलाई सर्वोच्चले छलफलका लागि बोलायो

सञ्चारकर्मी रुपा सुनारले दायर गरेको जातीय विभेदसम्बन्धी रिट निवेदनमा सर्वोच्चले दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।
सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले हालसम्म भएको अनुसन्धानको प्रगतिसहित अन्तरिम आदेश हुने नहुने भन्ने विषयमा असार २९ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको हो ।

साथै विषयको गाम्भीर्यतालाई मध्यनजर गर्दै छिटो टुंग्याउन मनासिव देखिएकाले अदालतले अग्राधिकार समेत दिएको छ ।
सुनारले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ समेतलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।