इन्धनसहित खाना पकाउने ग्यासको मूल्य फेरि बढ्यो

२२ असार, काठमाडौं । पटक पटक बढाइदै आएको इन्धनको मूल्य फेरि पनि बढेको छ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको दुई साता पनि नबित्दै निगमले मंगलबार फेरि इन्धनको मूल्य बढाएको हो ।

गत असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो । पुनः प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पुर्‍याएको छ । डिजेलरमटितेलको मूल्य अब प्रतिलिटर २ रुपैयाँ बढेर ११२ रुपैयाँ पुगेको छ ।

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्‍याएको छ ।

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरेको छ ।

गत वर्ष लकडाउनमा निगमले उच्च नाफा राखेर तेल बचेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको घट्दा मूल्य नघटाउने निगमले बढ्दा भने घाटा भएको कारण देखाउँदै लगातार मूल्य बढाइरहेको छ ।
आयल निगमको विज्ञप्ति यस प्रकार छ :