भगवति राममन्दीरमा स्वास्थ्य इकाई भवन निर्माण संगै सेवा प्रवाह सुरु गर्ने तयारीमा

२२ असार, बेनी, म्याग्दी । म्याग्दिको रघुगंगा गाउ“पालिका–२ भगवतिको राम मन्दिरमा सामुदायीक स्वास्थ्य इकाईको भवन निर्माण सम्पन्न भएको छ ।

गण्डकी प्रदेश सरकार र रघुगंगा गाउपालिकाको रु. २८ लाख अनुदान सहयोग र स्थानियबासीले श्रमदान गरी चारकोठे पक्की भवन निर्माण गरिएको हो । वडा अध्यक्ष रिम कटुवालका अनुसार भवनमा सहायता, स्वस्थ्य परीक्षण, प्रशासनीक र औषधी भण्डारण कक्ष बनाइएको बताए ।

भवन बनाउन आर्थिक बर्ष २०७६÷०७७ मा वडाको सिफारीसमा गाउ“पालिकाले रु. १३ लाख र प्रदेश सांसद विनोद के.सी.को सिफारीसमा निर्वाचन क्षेत्र पुर्वाधार कार्यक्रमबाट रु १० लाख विनियोजन भएको थियो । आर्थिक बर्षमा गाउ“पालिकाले रु. ५ लाख विनियोजन गरेर पूर्णता दिएको भवन बाट केही दिनमै सेवा प्रवाह सुरु गर्ने तयारीमा रहेको जानकारी वडाध्यक्ष कटुवालले बताए ।

स्थानीय रामचन्द्र कार्कीका परिवारले निशुल्क उपलब्ध गराएको एक रोपनी जग्गामा निर्माण भएको भवनमा घेराबार गर्न आगामी आर्थिक बर्ष २०७८÷०७९ को बजेटमा गा“उपालिकाले एक लाख विनियोजन गरेको छ । बि.स.२०७६ फागुनमा स्थापना भएको इकाई खोप केन्द्रको भवनमा सञ्चालन हुदै आएको छ ।

एउटै कोठामा साहायता, परीक्षण, भन्डारण र प्रशासनिक कक्ष सञ्चालन गर्दा सेवा प्रवाह गर्न समस्या भएको थियो बिरामीहरुले स्वास्थ्य समस्या र आफूमा भएको रोगको लक्षणहरु खुलेर बताउन लाज मान्ने गरेका छन । भवन भएपछि सेवा प्रवाह सहज हुने वडाध्यक्ष कटुवालले बताए । भगवतीमा रहेको स्वास्थ्य चौकी टाढा भएकोेले आधारभुत स्वास्थ्य उपचार सेवा लिन समस्या भएकोले राममन्दिर र आसपासका बस्तिका बासीन्दालाई लक्षित गरेर रघुगंगा गाउ“पालिकाले इकाई सञ्चालन गरेको हो । एक जना अहेब र एक जना कार्यालय सहयोगी कार्यरत इकाईमा स्वास्थ्य परीक्षण, परामर्श र सरकारले दिने निशुल्क औषधी वितरणको सुविधा हुने बताइएको छ ।

सामान्य विरामी पर्दा समेत घण्टौ हिडेर भगवती स्वास्थ्य चौकीमा धाउनुपर्ने समस्या अबदेखि हटेको राम मन्दिर टोलविकास संस्थाका अध्यक्ष शिवध्वज कार्कीले कदरन्यूजलाई बताउनु भयो । राम मन्दिर र आसपासका बस्तिका झण्डै एक सय पचास घरधुरी लाभान्वित हुने उनले बताए ।