म विश्वस्त छु संसद पुस्थापना भएरस देउवाजी प्रधानमन्त्री बनुहुन्छ

अध्यक्ष, प्रचण्ड

२ असार, जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना हुने र शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

पार्टीका केन्द्रीय सदस्य महादेव यादवलाई अन्तिम श्रद्धाञ्जली दिन आज बिहान जनकपुरधाम गुगेका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतबाट परमादेश जारी हुने विश्वास व्यक्त गरे । देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ । अनि संसद पनि पुनर्स्थापना हुन्छ’

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ । पक्ष, विपक्ष र एमिकस क्युरीको बहस सकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर अर्को पेशी असार २८ गतेका लागि तोकिएको छ ।

प्रतिनिधि सभा पुनर्स्थापना हुने र संविधानको मर्म, भावना तथा लोकतान्त्रिक मूल्य मान्यता कायम रहने उनले बताए । ‘संसद पुनर्स्थापना नभए संविधान तथा लोकतन्त्र मिचेपनि हुन्छ भन्ने नजीर स्थापित हुन्छ’ प्रचण्डले संचारकर्मीसँग भने, ‘त्यस्तो कल्पनासम्म गर्न सक्दिनँ ।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालतलाई दवाब दिन खोजेको आरोप समेत लगाए । अदालतलाई दवाव दिएर ओली थप निरंकुश बन्न खोजेको उनले आरोप लगाए ।