कोपा अमेरिका फुटबलको ४७औं संस्करणको सेमिफाइनल समीकरण पूरा अर्जेन्टिनाले इक्वेडरलाई ३(० ले हराउंदै सेमिफाइनलमा प्रवेश

२० असार, काठमाडौं । ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलको ४७औं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ ।

आइतबार बिहान दुई क्वाटरफाइनल खेल समपन्न भएपछि सेमिफाइनल पुग्ने चारवटै टोलीको टुङ्गो लागेको हो ।

जसमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४(२ ले हराउँदै सेमिफाइनलमा स्थान बनायो ।

अर्को खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३(० ले हरायो ।

यही दुई टिम अर्जेन्टिना र कोलम्बिया दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

त्यसअघि घरेलु टोली ब्राजिलले पेरुसँग पहिलो सेमिफाइनल खेल्नेछ । २०१९ मा भएको संस्करणमा ब्राजिलले पेरुलाई नै पराजित गर्दै उपाधि जितेको थियो ।

विश्वको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता कोपामा दक्षिण अमेरिकाका १० राष्ट्रलाई दुई समूह्यमा विभाजन गरेर खेलाइएको थियो । जसमा समूह ‘ए’बाट अर्जेन्टिना मात्र सेमिफाइनल पुग्न सफल भएको छ । समूह ‘बी’ बाट ब्राजिलसँगै पेरु र कोलम्बिया सेमिफाइनल पुगेका हुन् ।

अब ब्राजिल र पेरुबीचको खेल मंगलबार बिहान नेपाली समय अनसार ४स्४५ बजे सुरु हुनेछ । यस्तै अर्जेन्टिना र कोलम्बियाबीचको खेल बुधबार बिहान ६स्४५ बजे सुरु हुनेछ ।