टेम्पु चालकको पीडा : चुलै बल्न मुश्किल

नुनुता राई

१९ असार, काठमाडौं । ‘रोगले भन्दा भोकले मर्ने बेला हुँदैछ । मेरै कमाइले बाँचिरहेका छोराछोरीलाई भरे के खुवाउँ, भोलि के खुवाउने भन्ने पिरलो छ । सरकारले बुझ्नुपर्दैन’ रमिला खत्रीले पीडा सुनाइन् ।

कोरोना महामारीको दोस्रो लहर कम गर्न सरकारले निषेधाज्ञा जारी गरेपछि रत्नपार्क(छाउनी रुटको सफा टेम्पु चलाउने रमिला खत्री दुई महीनादेखि हात बाँधेर बसेकी छिन् ।

२० वर्षदेखि टेम्पु चलाउँदै जीविका चलाइरहेकी रमिलालाई गत वर्षदेखि जीविका धान्न मुश्किल भइरहेको हो । कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले गरेको लकडाउनले गत वर्ष करीब एक वर्ष टेम्पु चलाउन
पाइनन् ।

गत वर्ष स्थानीय सरकार, विभिन्न संघसंस्थाहरूको राहतले केही सहज बनायो । विस्तारै सामान्य अवस्था हुँदै गएपछि टेम्पु चल्न सुुरु भएको थियो । सबै खुल्न थालेको केही महीना नहुँदै दोस्रो लहरको कोरोना संक्रमण फैलियो । पुनः सरकारले गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्‍यो । फेरि यातायात ठप्प भयो ।

उनको पनि समस्या बल्झिन थाल्यो । दैनिक मजदुरी गरेर खाने, समस्यामा परेकालाई यो वर्ष स्थानीय सरकारले राहतको कुनै व्यवस्था गरेन । रमिला भन्छिन्, ‘सरकारले हामी गरीबलाई मान्छे नै होइन ठान्छ । न आफूले राहत दिनसक्छ । न अरूलाई राहत दिनु अनुमति दिन्छ ।’

राहत दिन चाहने व्यक्ति, संस्थालाई समेत स्थानीय सरकारले राहत बाँड्न नदिएको रमिलाको बुझाइ छ ।

टेम्पु चालक रमिला खत्रीले भनिन्, सरकारले पनि गरीबलाई नै हेप्दो रै’छ । टेम्पुभन्दा सानो चिल्लो कार चलाउन पाइने । टेम्पु चैं चलाउन नपाइने रे १ यो पनि कुनै न्याय हो रु रोगसँग हामीलाई पनि डर छ । सेनिटाइजर, पञ्जा, मास्क लगाएर नै चलाउँछौं नि ?
दुई छोरी, एक छोरासहित चार जनाको परिवारलाई दैनिक छाक टार्नसमेत समस्या भइरहेको उनी बताउँछिन् । संक्रमण दर कम हुँदै जान थालेपछि सरकारले निषेधाज्ञाको स्वरुप परिवर्तन गर्दै २५ भन्दा बढी सिट क्षमता भएको गाडीलाई जोर बिजोर प्रणालीबाट सञ्चालन गर्ने अनुमति दिएको छ ।

‘सरकारले पनि गरीबलाई नै हेप्दो रै’छ । टेम्पुभन्दा सानो चिल्लो कार चलाउन पाइने । टेम्पु चैं चलाउन नपाइने रे १ यो पनि कुनै न्याय हो रु’ निजी कार चलाउन दिने सरकारको निर्णयप्रति उनको आक्रोश थप पोखियो, ‘रोगसँग हामीलाई पनि डर छ । सेनिटाइजर, पञ्जा, मास्क लगाएर नै चलाउँछौं नि ।’

स्टेरिङमा चढेपछि पैसा हुने, झरेपछि पैसा पनि सकिने आफूहरूको पेशा भएको रत्नपार्क(लगनखेल रुटमा १४ वर्षदेखि टेम्पु चलाइरहेकी कल्पना श्रेष्ठ सुनाउँछिन् । टेम्पु चलाएरै उनी दुई छोरीसहित तीन जनाको परिवारको जीविका चलाउँदै आएकी छिन् । तर दुई महीनादेखि उनले पनि टेम्पु चलाउन पाएकी छैनन् । अरु काम नपाइने र आयस्रोत नै ठप्प भएपछि ऋण माग्दासमेत नपाइने गरेको उनको अनुभव छ ।

‘आयस्रोत नभएपछि साहुले पनि पत्याउँदैन । ऋण पनि पाईंदैन’, न्यून आयस्रोत भएकालाई गरेर खाने वातावरण बनाउनुपर्ने उनको माग छ । स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ लागू गरेर, ६ जना मात्रै राखेर भए पनि चलाउन पाउनुपर्ने र बरु सरकारले नै निश्चित भाडा तोकिदिनुपर्ने उनको भनाइ छ । कमाइ नभएकाले छोरीहरूको विद्यालय भर्नासमेत गर्न नसकेकी कल्पना भन्छिन्, ‘छोरीको भर्ना त के चुलो बाल्नै मुश्किल भइसक्यो ।’

ईश्वरी बिकले पनि सुन्धारा(चाबहिल रुटमा टेम्पु चलाउन थालेको ११ वर्ष भयो । साना गाडी, टेम्पु चालकहरूको आर्थिक अवस्था कमजोर हुनाले सरकारले निर्णय गर्दा यस्ता क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्ने उनको सुझाव छ । तर सरकारले ठीक उल्टो निर्णय गरेर गरीबको ज्यान जोखिममा पारेको उनी बताउँछन् ।

जत्ति सानो गाडी त्यत्ति नै कम आयस्रोत हुने भएकोले बचत पनि नहुने उनको तर्क छ । भन्छिन्, ‘दैनिक कमायो खायोको अवस्था हुन्छ । दुई महीना कमाई बिना बस्नुपर्दा कस्तो हुन्छ भन्ने पीडा त हामीले पो भोगेका छौँ ।’

अहिले विद्यालय बन्द हुँदा छोराहरूलाई अनलाइन कक्षासँग जोड्नुपर्ने अर्को बाध्यता आइलागेको छ उनलाई । उनीहरूको लागि मोबाइल, इन्टरनेट अनिवार्य हुनुपर्छ । ट्याक्सी चालक श्रीमानसहितको कमाइले निजी विद्यालयमा पढाइरहेका छन् छोराहरू । भन्छिन्, ‘छोरोहरूलाई राम्रो पढायो भने उनीहरूको जीवन पनि अलि राम्रो होला कि भनेर बोर्डिङमा पढाएको हो । कमाइ नै बन्द भयो फिस तिर्न नसकेर निकाल्नुपर्ला जस्तो भइसकेको छ ।’

सरकारले ट्याक्सी चलाउन दिएपछि केही राहत मिलेको उनले बताइन् । सरकारले यातायात मजदुरलाई प्राथमिकतामा राखेर खोप दिनुपर्ने पनि उनको माग छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाले समग्र यातायात व्यवसायी प्रभावित भए पनि सबैभन्दा बढी टेम्पु तथा साना गाडीमा कार्यरत मजदुरहरू समस्यामा परेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।

उपत्यकामा सफा टेम्पु ७४१ र ग्याँस टेम्पु ४०० वटा छन् । उनीहरू अधिकांशको समस्या समान रहेको बताउँछन् उपाध्यक्ष श्रेष्ठ ।

यो महामारीको कारण टेम्पु नचल्दा तुलनात्मक रूपमा एकल महिलालाई धेरै समस्या परेको उनको भनाइ छ । टेम्पु चलाएरै जीविका चलाइरहेका एकल महिलालाई अहिले निक्कै अप्ठ्यारो अवस्था सिर्जना भएको छ । त्यसैले संगठनले अहिले आलो पालो प्रणालीबाटै भए पनि सबै चलाउन पाउनुपर्ने अथवा समस्यामा परेकालाई राहत दिनुपर्ने माग गरिरहेको छ ।

सफा टेम्पु चालकहरूमध्ये करीब पाँच सय महिला चालक र ग्याँस टेम्पुमा करीब १० प्रतिशत महिला टेम्पु चालक छन् । त्यसमध्ये पनि करीब ५० प्रतिशत एकल महिला भएको उनले बताए ।

‘टेम्पु चलाएर नै छोराछोरी, आमाबुवा पालिरहेको एकल महिलालाई निक्कै समस्या छ,’ भन्छन्, ‘राज्यले पहिलो प्राथमिकतामा निम्न आयस्रोत भएका वर्ग पर्नुपर्ने हो । तर सम्पन्न वर्ग नै प्राथमिकता पर्छन् ।’

सरकारले निषेधाज्ञामा निजी गाडी, ठूला गाडीलाई चल्न दिने र टेम्पु, माइक्रो बसजस्ता साना गाडीलाई रोक लगाएर त्यही पेशाले हातमुख जोडिरहेका वर्गलाई भोकै बनाउने काम गरेको उनको भनाइ छ । सरकारले यस्ता वर्गको राहतक लागि तत्काल व्यवस्था गर्नुपर्ने माग उनको छ ।

अनलाइनखबरबाट