नयाँ वर्ष २००७७ आरम्भर, सबै नेपालीहरुमा सुःख, शान्ति, समृद्धि, दिर्घायू र प्रगतिको मंगलमय शुभकामना छ

कदर न्यूज

नेपाली वर्षको नयाँ वर्ष आज बाट शुरु भयो । विक्रम संवत् २०७७ सालको नयाँ वर्ष आरम्भ भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर नेपालीहरुले एकापसमा खुसी, माया,सद्भाव, मिठामिठा खानेकुरा बनाएर शुभकामना आदानप्रदान गरी मनाइँदै गरिने भए पनि यस वर्ष भने त्यति विगतका वर्षमा जस्तो हुने छैन । होटल, रेष्टुरेन्ट, पार्क लगायतका स्थानमा भेला भएर यस पटकको नयाँ वर्ष मनाउने त्यसरी मनाउन पाइने छैन । विश्वभरी फैलिएको कोरोना रोगका कारण लकडाउनको अवस्थामा रहेकाले सबै नेपालीहरुले आआफ्नो घरभित्र नै बसेर नयाँ वर्ष मनाउनु पर्ने भएको छ । संसारका जुनसुकै ठाउँमा बस्ने नेपालीहरुले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा हर्षोल्लासका साथ मनाउँछन् । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलतारअसफलता मूल्यांकन गरी असफलता दोहरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प पनि खोज्दछन् ।
कोरोना संक्रमणको जोखिमका कारण विगत वर्षमा जस्तो घुमफिर एवं मेला महोत्सवमा सहभागी हुन सरकारले प्रतिबन्ध लगाएको छ । साथीभाइ एवं इष्टमित्रसँग भेटघाट गरेर मनाउन यस वर्ष बन्दाबन्दीका कारण सहज छैन ।
पशुपतिनाथ मन्दिरलगायत देशभरका मन्दिरमा पूजाआराधना एवं दर्शनका लागि लाग्ने भीड पनि यस वर्ष हुने छैन । भीडभाड भई रोग सर्न सक्ने भएकाले सजगता अपनाउँदै धेरै मन्दिरमा सूचना टाँस गरी मूल ढोकामा ताला लगाइएको छ । मन्दिरमा नित्य पूजामात्र हुने छ ।

नयाँ वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिने चलन भए पनि यस वर्ष कोरोनाका सन्त्रासका कारण चैत ११ गतेदेखि निरन्तर देशभर बन्दाबन्दी भएकाले मानिस घरमै बसेका छन् । त्यसैले जो जहाँ जुन ठाउँमा बसोबास भएर बसेका भए पनि नेपालीको नयाँ वर्षलाई घरमै बसेर स्वागत गरौं, घरमै बसेर परिवारसँग रमाइलो र मनोरञ्जन गरेर मनाऔं । कोरोना भाइरसका कारणले विछत्र भएको विश्व मानवलाई कोरोनाको भाइरस अन्त्यका लागि यो नयाँ वर्ष २०७७ ले प्रमुख भूमिका निर्वाह गर्न सक्ने आशा र भरोसका साथ हामी श्री पशुपतिनाथ सँग प्रथना र कामना सहित आरम्भ भएको नयाँ वर्ष २०७७ को सबै नेपाली जनहहरुमा सुःख, शान्ति, समृद्धि, दिर्घायू र प्रगतिको मंगलमय शुभकामना छ ।