कोरोना भाइरस समाप्त नहुँदा सम्म म पारिश्रमिक लिन्न

प्रधानमन्त्री

१ बैशाख, काठमाडौं । नेपाली नयाँ वर्ष २०७७ को पानव अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारी समाप्त नभएसम्म आफुले पाउने पारिश्रमिक नलिने घोषणा गरेका छन् । मेरो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय प्रधानमन्त्रीले आ घोषणा गर्नु भएको छ ।
प्रधानमन्त्रीले शुभकामना सन्देशमा आवश्यक पर्दा हुनेको गाँस काटेर नहुनेलाई बचाउने हाम्रो परम्परा रहेको उल्लेख गर्दै मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छु ।
प्रधानमन्त्री ओलीले मुलुकको प्रगतिमा हुने उपलब्धीको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह–भारवहन हामी सबैले मिलेर गर्नुपर्ने बताएका छन् । देशभित्रको संकट व्यवस्थापनमा एकताबद्ध राष्ट्रिय प्रयास सर्वोपरी रहनु पर्नेमा प्रधानमन्त्री ओलीले जोड दिदैं । विश्वव्यापी आजको संकट समाधान, विश्वव्यापी साझेदारी र सहयोगबाट मात्र सम्भव रहेको बताए । साथै प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको संघर्षमा मित्र राष्ट्रहरुबाट प्राप्त सदभाव, ऐक्यबद्धता र सहयोगप्रति आभार प्रकट गर्दै नेपाल र विदेशमा रहनु भएका सबै नोली महानुभावलाई नव वर्ष २०७७ को शुभकामना समेत दिनु भएको छ ।