पछिल्लो २४ घण्टामा २,७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि ३३ जनाको मृत्यु

१७ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २,७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरमा ७,१३० जनामा गरिएको पीसीआर परीक्षणमा १८५७ र ३८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जना गरी २७३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लख ४० हजार ६६२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४०१७ रहेको छ । कोरोना संक्रमणका कारण ३३ जनाको मृत्यु भएको छ ।