प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विश्वासको मत नपाएपछि अरुलाई प्रधानमन्त्री बन्न किन नदिएको

प्रधानन्यायाधीश, चोलेन्द्र शमशेर जबरा

१७ असार, काठमाडौं । संसद् विघटनको निर्णयको प्रतिरक्षामा बहस गर्न आएका अधिवक्ता परशुराम कोइरालालाई प्रधानन्यायाधीश जबराले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विश्वासको मत नपाएपछि अरुलाई प्रधानमन्त्री बन्न किन नदिएको भनी प्रश्न गरेका छन् ।

‘सम्माननीय प्रधानमन्त्रीले भोट अफ कन्फिडेन्ट प्राप्त गर्ने अवस्था छैन भने संविधान जिउँदो राख्न अरुलाई समर्थन गर्ने उहाँको दायित्व होइन ?,’ उनले प्रश्न गरे ।

प्रधानन्यायाधीश जबराले अघि भने, ‘पार्टीको नेताको हैसियतले उहाँले आफ्नो ९नेतृत्वमा० मात्र बनाउनुपर्थ्यो र १२१ को समर्थन अरुलाई दिएको भए सरकार बनाउँथ्यो होला, त्यो दायित्वबाट प्रधानमन्त्री किन विमुख हुनुभयो ।

अदालतले संसद विघटन ठीक भएन भनी आदेश दिइसकेपछि प्रधानमन्त्री किन त्यही बाटोतिर गएको भनी जबराले प्रश्न गरे । अधिवक्ता कोइरालाले जो निर्वाचित हो उसैले त्याग गर्नुपर्छ भन्ने विषयमा जवाफ आफूसँग नभएको बताए ।