Breaking News

लकडाउन र समसामहिक विषयमा कानुनन्त्री शिवमायाले सभामुख र राष्टिय सभा अध्यक्षसँग भेट

३० चैत, काठमाडौं । कोरोना भाइरसका कारण भारत र नेपालले लकडाउन गरेपछि दुबै देशका जनता वारीपारी थुनिएका कारणले सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भारतीय सीमावर्ती क्वारेन्टाइनमा रहेका नेपालीलाई स्वदेश ल्याउन सरकारलाई सुझाव दिएका छन् । आज आइतबार कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री शिवमाया तुम्बाहाङ्फेले सभामुख सापकोटा र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनासँग संयुक्त रुपमा सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटेर छलफल गरेकी छिन् ।
नेपाल र भारतका सरकारी अधिकारीबीचको छलफलमा जो जहाँ छन्, त्यही देशको सरकारले क्वारेन्टाइनमा राख्ने सहमति भएको थियो । त्यस अनुसार धेरै नेपाली भारतीय क्षेत्रको क्वारेन्टाइनमा रहेका छन् ।
कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिमा सरकारले चालेका कदम र आगामी दिनमा चाल्नुपर्ने कदमबारे काननुनमन्त्री तुम्बाहाङफेले आज आइतबार संघीय संसदका दुबै सदनमा प्रमुखसँग भेटेर सुझाव लिएकी छिन । छलफलमा भाइरस फैलिने जोखिम कम भएको क्षेत्रमा भने लकडाउन अलि खुकुलो बनाउने विषयमा सोचविचार गर्न उनीहरुले सुझाव दिएका छन् ।
भेटकै क्रममा सभामुख सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष) को रकम कोरोनाविरुद्धको अभियानमा खर्च गर्नेबारे सरकारलाई आफैं निर्णय गर्न सुझाव दिएका छन् । पछिल्लो समय यो कार्यक्रम अन्तर्गतको रकम कोरोना रोकथाम कोषमा जम्मा गर्नुपर्ने आवाज उठिरहेको छ । कतिपय सांसदहरुले सार्वजनिक रुपमै यस्तो माग गरिरहेका छन् । तर यसबारे हालसम्म कुनै निर्णय भएको छैन् ।

लेखक : कदर समाचार