म्याग्दी भगवति राममन्दिर र रिसिन चौतारीका बासिन्दाद्धारा केरा पकेट बिकास कार्यक्रम सुरु

कृष्णबहादुर कार्की / गण्डकी ब्यूरो

१७ असार, म्याग्दी । पछिल्लो चरणमा विदेश जाने भन्दा पनि गाउंमै बसेर केही गरौं र व्यावसाय गरी आत्मनिर्भर गरौं भन्ने सोचले अहिले प्राय ठाउंमा केही न केही इलम खेती गरेर आत्मनिर्भर भएका समाचार बाहिर आइरहेका बेला म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिको राममन्दिर र रिसिन चौतारीका बासिन्दाले गाउँभरी केरा खेती गरेर भरपूर्ण आम्दानीका साथै कृषक खेती सुरु गरेका छन् ।

परम्परागत खाद्यबालीको बिकल्पमा सो क्षेत्रका बासिन्दाले खेतबारीमा केरा खेती संचालन गरेका छन् । रघुगंगा गाउँपालिकाको साना ब्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) बिकास कार्यक्रम मार्फत ३५ जना कृषकहरुले ब्यवसायिक रुपमा केरा खेती गरेका छन् ।

थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालिको तुलनामा सजिलो भएकाले केरो खेतीको लहर चलेको त्यहांका कृषकहरुले बताएका छन् ।

“धान, कोदो, मकै, गहुँ भन्दा केरा खेतीबाट चार÷पाँच गुणा बढी आम्दानी गर्न सकिने यो खेतीमा “भुगोल र हावापानी अनुकुल भएकाले केरा खेतीमा लागेका उनीहरु बताउंछन् ।
परिक्षणका लागि केही कृषकले धेरै संख्यामा लगाएको केराले उत्पादन र आम्दान दिन थालेपछि अरु पनि आकर्षित भएका हुन् । गाउँभरी खेरा खेती भएको छ । यसअघि रघुगंगा गाउँपालिकाको २ र ३ नम्बर वडामा दुई वटा केरा खेती गर्ने कृषकको समूह थियो ।

दुई वटै समूहलाई एकिकृत गरेर केरा पकेट बिकास कार्यक्रम सुरु गरिएको हो । चालु आर्थिक वर्षमा केरा पकेट कार्यक्रमलाई रघुगंगा गाउँपालिकाले रु. सात लाख पचास हजार बिनियोजन गरेको थियो । कृषक र गाउँपालिकाको पचास÷पचास प्रतिशत लागत साझेदारीमा पकेट बिकास कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका कृषि शाखा संयोजक मनोज सुबेदीले बताउनुभयो ।

“एक सय रोपनीमा स्थानीय हजारी जातको केराका नयाँ बिरुवा रोप्ने कार्यक्रम अन्तिम चरणमा छ,” “कार्यक्रम मार्फत उपकरण, मल, बिषादीमा सघाएको छ ।” सिचाईका लागि एक हजार पाँच सय मिटर पाइप खरिद गरेका समूहले पाँच हजार छ सय वटा नयाँ केराका बिरुवा रोपेका छन् ।

दुई वटा खाडल खन्ने उपकरण र पाँच वटा यान्त्रिक हलोका साथै गोठेमल, रासायनिक मल, केराको बिउ खरिदमा अनुदान दिएको छ । एक जना कृषकले एक सय देखि पाँच सय वटा केराका बिरुवा रोपेका छन् ।