जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन

१६ असार, जनकपुरधाम । विपक्षी पाँच दलका विद्यार्थी संगठनका नेता(कार्यकर्ताद्वारा बुधबार जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।

प्रतिनिधी सभा बिघटन गरेर देशलाई बर्बाद गर्न लागेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबिरुद्व प्रदर्शन गर्दै उनीहरुले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।

नेपाली कांग्रेस निकट नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू र समाजवादी विद्यार्थी संघ धनुषाका नेता(कार्यकर्ताले स्थानीय रेल्वे स्टेशनबाट निकालेको विरोध र्‍याली भानु चोक हुँदै स्थानीय जनक चोकसम्म पुगेको थियो । जनक चोकमै उनीहरुले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।

रेल्वे स्टेसनबाट सुरु गरिएको विरोध प्रदर्शन भानुचोक, शिवचोक हुँदै जनकचोकमा पुगी कोणसभामा परिणत भएर समापन गरिएको थियो ।

‘केपी(विद्या तेरो पाराले, दुःख पायो साराले’, ‘अब त अति भो, राष्ट्रलाई क्षति भो’, ‘प्रतिगमनकारी मुर्दावाद, मनमानी चल्दैन’ जस्ता नारा लगाएर निकालिएको विरोध र्‍याली कोण सभापश्चात जनक चोकमा समापन गरिएको थियो ।