१६ असार, काठमाडौं । नागरिक समाजका प्रतिनिधिहरुसँग भएको छलफलमा बोल्ने क्रममा अध्यक्ष प्रचण्डले ओली प्रवृत्तिलाई परास्त गर्न विपक्षी गठबन्धन र नागरिक समाजका प्रतिनिधिको कार्यगत एकता भएको प्रतिक्रिया दिएका
छन् ।
छलफलमा प्रचण्डले राष्ट्र, लोकतन्त्र र संविधानको निम्ति ओली प्रवृत्ति घातक भएको बताए ।
आफूहरुको गठबन्धन संविधानको रक्षाका लागि भएको भन्दै उनले भने, ‘तपाईंहरुले पनि भन्नुभयो, तपाईंहरुभित्र पनि हामीले ओली देखेका छौं । त्यसकारण धेरै आश त छैन, तर अहिलेको मुख्य समस्या ओली प्रवृत्ति भएकाले त्यहाँसम्म सँगै छौं । म के ठान्छु भने हाम्रो कार्यगत एकता भयो ।’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नागरिक समाजका प्रतिनिधिहरुले उठाएका प्रश्नमाथि गठबन्धनका आउने बैठकमा गम्भीर छलफल गर्ने बचनसमेत दिएका छन् ।