विधि, पद्धती र मूल्यको राजनीति नछाड्ने

वरिष्ठ नेता, माधवकुमार नेपाल

१६ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मूल्यको राजनीति नछाड्ने बताएका छन् ।

विपक्षी गठबन्धनले नागरिक समाजका प्रतिनिधिहरुसँग बुधबार गरेको कार्यक्रममा एमाले नेता नेपाललाई एमाले जेठ २ मा फर्किएपछि के हुन्छ भन्ने प्रश्न आएको थियो । जवाफमा उनले विधि, पद्धती र मूल्यको राजनीति नछाड्ने बताए ।

लोकतन्त्र, संविधान खतरा उन्मुख रहेको भन्दै उनले ओली प्रवृत्तिको पुनरावृत्ति हुन नहुने बताए । यद्यपि आफूले बोल्यो कि पोल्यो हुने अवस्था रहेको उनले बताए ।