प्रधानमन्त्री ओलीका वकिललाई बहस गर्न ७ घन्टा समय

प्रतिनिधिसभा बिघठनको रिटमा संवैधानिक इजलासमा बुधवार पनि सरकारी वकिलको बहस जारी हुनेछ । सरकारी वकिलले ५५ मिनेट बहस गरेपछि प्रधानमन्त्रीका कानुन व्यवसायीको बहस शुरु हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बरिष्ठ अधिवक्ता सुशील पन्तले बुधवार बहस शुरु गर्ने बताइएको छ । पन्तपछि पूर्व महान्यायाधिवक्ता अग्नि खरेल र बरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारीले बहस गर्नेछन् । डा। भण्डारीले आफुलाई ४५ मिनेट समय छुट्याइएको रातोपाटीलाई बताए । प्रधानमन्त्रीका कानुन व्यवसायीका लागी बहस गर्न ७ घण्टा समय छुट्याइएको छ ।

बुधवार ५५ मिनेट भित्र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ताहरु गोपाल प्रसाद रिजाल, संजिवराज रेग्मी, लोकराज पराजुली, खेमराज ज्ञवाली, उद्धव प्रसाद पुडासैनी र उप न्यायाधिवक्ता दशरथ पंगेनीले बहस गर्नेछन् ।