रूपा सुनारविरूद्ध भ्रामक समाचार लेख्ने ६ वटा अनलाइन बन्द गराउन प्रेस काउन्सिल नेपालद्धारा नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार

प्रेस काउन्सिल नेपालले रूपा सुनारविरूद्ध भ्रामक समाचार लेख्ने ६ वटा अनलाइन बन्द गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ।

काउन्सिलले मंगलबार नेपालभित्र उक्त अनलाइन प्रकाशनरप्रशारण हुन नसक्ने गरी प्रबन्ध मिलाउन भन्दै पत्राचार गरेको हो।

काउन्सिलले खबरमाला, कालापानीपोष्ट, मिडियाट्वान्टीपोष्ट, ग्यालेक्सी सेभेन एक्सप्रेस, आजको नयाँ, साँझा मिडिया डटकमलाई बन्द गराउन भनेको छ।

आफूविरूद्ध अफवाह फैलाएको भन्दै सुनारले काउन्सिलमा ९ मिडियाविरूद्ध उजुरी दिएकी थिइन्। सो उजुरी आइतबार दर्ता भएको थियो।

ती अनलाइनले अफवाह फैलाइ जातजाति, धर्म वा सम्प्रदायबीचको सु(सम्बन्धमा खलल पुर्‍याउने र जातीय छुवाछुत एवम् लैंगिक भेदभावलाई दुरूत्साहन गरेको निवदनमा उल्लेख थियो।

जातीय दुर्व्यवहारको विरोध गर्दा युरोपियन युनियनबाट उचालिएको, पैसा खाएकोलगायत भ्रामक सूचनासहित अफवाह फैलाइएको सुनारले उल्लेख गरेकी थिइन्।