आज थप २६३६ जनामा कोरोना संक्रमण पुष्टि २० जनाको मृत्यु

मुलुकभरमा थप थप २६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
७ हजार २ सय ५९ जनामा पिसिआर परीक्षण गरिएकोमा १७२८ र ४४८९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जनामा संक्रमण देखिएको हो।

त्यस्तै थप २० जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै २४ घण्टामा ४३४८ जना निको भएका छन्। योसँगै कोरोनाबाट निको हुनेको संख्या ५ लाख ९२ हजार ५ सय ३५ पुगेको छ।