घरजान पाऊँ भनि सर्वोच्वमा रिट दायर

चैत्र ३०, काठमाण्डौ । कोरोना कहरले लकडाउन गरिएपछि काठमाण्डौं उपत्यकामा तथा अन्य जिल्लामा विभिन्न काम, पढाई, मजदुरी तथा व्यवसायको शिलशिलामा बसोबास गर्दै आएका उपत्यका तथा अन्य सहरमा बसेका र कोरोनाका कारण लकडाउनमा परी समस्या ग्रसित भएपछि विकल्पको रुपमा नै आफ्नो घर भएपछि पैदलै हिँडेका मजदूरहरू, सहरसहरमा पढ्न आएका विद्यार्थीहरू र लकडाउनको प्रभावमा घरदेखि टाढा बस्न मुश्किल भएकालाई घर र्पुयाइदिनु भन्ने आदेश माग आज सर्वोच्च अदालतमा रिट जाहेर गरिएको छ ।
रिट जाहेर गर्नेमा वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, अधिवक्ता लक्ष्मी थापा र सञ्जय अधिकारी लगायतले त्यस्ता व्यक्तिको लगत संकलन गरी कोरोना परीक्षण गरी घर पठाउन माग गर्दै रिट हालेका छन् ।
उपत्यका लगायतका अन्य सहरमा बस्न गाह्रो भए पनि जान नसक्ने गरी बिरामी परेका, शारीरिक दुर्बलता भएकालाई भने सुरक्षित र स्वस्थ स्थानमा राख्न पनि रिटमा माग गरिएको छ । रिट निवेदकहरूले कोरोनाको डरका बेला घरबाट टाढा बस्न परेकाहरूलाई मनोसामाजिक परामर्श दिने व्यवस्था गर्न माग समे गरिकोे छ ।
‘पालिकामा मनोसामाजिक परामर्शकर्ताको सेवा कम्तीमा हप्ताको एक पल्ट दिने व्यवस्था गर्नूर गराउनू भनि नेपाल सरकार तथा नोबेल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति र नेपाल सरकारमार्फत् स्थानीय सरकारहरूको नाममा समेत परमादेश लगायत जो चाहिने आज्ञा आदेश जारी गरिपाऊँ’, रिटमा भनिएको छ ।
त्यस्तै, संसद विकास कोषलाई दिएको रकम कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न पनि रिटमा माग गरिएको छ ।