भोलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लो दिन नै धादिङमा स्याल करायो । कसरी त्यो भयो ? गम्भीर प्रश्न छ

प्रधानमन्त्री, केपी शर्मा ओली

११ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारमा आयोजित पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पुस्तक विमोचन कार्यक्रममा बोल्दैराष्ट्रपतिलाई चिथोर्ने प्रतिस्पर्धा चलेको टिप्पणी गरेका छन् । रिसाएको बिरालोले खाँबो चिथोर्छ भनेझैं राष्ट्रपतिलाई जसले गाली गर्न सक्छ, त्यो ठूलो हुने प्रतियोगिता नै चलेको उनले बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘हिजो पनि केही भुतपूर्वहरुको लस्करले मिट द प्रेस गरेको देखेको थिएँ, त्यसमा पनि राष्ट्रपतिमाथि ‘ ।

ओलीले बोल्दै हिजो बिहीबार विपक्षी गठबन्धनले पत्रकारहरुसँग गरेको अन्तरक्रियामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधानको संरक्षक अभिभावक मानेको राष्ट्रपतिले समेत आफ्नो गरिमा राख्न नसकेको बताएका थिए । उनले भनेका थिए, ‘अहिले त राष्ट्रपति भनेको संस्था त ‘ राजाहरु हुँदा एउटा शान थियो । अहिले त शान पनि छैन, मान पनि छैन, कस्तो भयो हामीले बनाएको संस्था ?

प्रधानमन्त्री ओलीले भने राष्ट्रपति आफूले पाएको अधिकारमा सीमित रहेको भन्दै बचाउ गरे । उनले अघि भने, ‘उहाँहरु ९विपक्षी गठबन्धन०को सम्बन्धमा मलाई धेरै केही भन्नु छैन । आ–आफ्नो कल्चरल लेभलको कुरा होला, गणतन्त्रप्रति वैरभाव पनि होला ।’

विपक्षी गठबन्धनले असभ्य समाज बनाउन चाहेको उनको आरोप छ ।
सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले सेटिङमा फैसला गरेको त होइन भन्ने प्रश्न उठाएका छन् ।

सर्वोच्च अदालतले पछिल्लो पटक थपिएका मन्त्रीहरुलाई काम गर्न रोक लगाउनु अघिल्लो दिन नै प्रचण्डले धादिङमा बोलेको भन्दै उनले यो प्रश्न उठाएका हुन् । प्रचण्डको नाम नलिई उनले भने, ‘धादिङमा अघिल्लो दिन नै भने, पछि नियुक्त गरिएका मन्त्रीहरु भोलि अदालतले हटाउँदैछ भन्ने सूचना मैले पाएको अथवा न्याय निष्पक्ष भयो कि अरु नै हिसाबले एउटा हल्ला छ नि सेटिङ ।। ।’

‘भोलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लो दिन नै धादिङमा स्याल करायो । कसरी त्यो भयो ? गम्भीर प्रश्न छ,’