Breaking News

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद २०७८ असार २० गतेसम्म थप

१२ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद २०७८ असार २० गतेसम्म थप गरेको हो । यसअघि रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद चैत मसान्तसम्म थियो।

चैत मसान्तसम्म फारम बुझाउन छुट भएकाहरुलाई दोब्बर दस्तुर लिने गरी असार २० गतेसम्म म्याद थप गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पोखरेलले जानकारी दिए । बोर्डले जारी गरेको सूचनामा लेखिएअनुसार रजिष्ट्रेसनका लागि ८ सय र परीक्षा आवेदनका लागि एक हजार २०० रुपैयाँ लाग्ने छ ।

रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम सम्बन्धित विद्यालयहरुले राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरुमा बुझाउने व्यवस्था मिलाइएको छ ।

कक्षा १२ नियमित, आंशिकरग्रेडवृद्धि ९रजिष्ट्रेसन नम्बरका सुरुका दुई अंक ७० वा सोभन्दा माथि भएकाले० फारम बुझाउन सक्नेछन् ।

यसैगरी कक्षा ११ को आंशिकरग्रेडवृद्धि मात्र ९रजिष्ट्रेसन नम्बरका सुरुका दुई अंक, ७०, ७१, ७२, ७३, ७४, ७५ र ७६ भएका०ले फारम बुझाउन सक्ने छन् ।