Breaking News

त्रिभुवन विश्वविद्यालय मानबिकी अंग्रेजी बिभागमा शिक्षामाथि घोटाला र बलात्कारको दलाली गरेर कहिले सम्म पेट भर्छौ

आफुलाई महान ठान्ने कीर्तिपुर त्रिभुवन विश्वविद्यालय मानबिकी अंग्रेजी केन्द्रिय विभागका केहि शिक्षारुपी दलालहरुले कहिलेसम्म घोटाला गरेर जिबिको पार्जन गर्ने हुन् ? कसले निरीक्षण गर्छ ति दलालहरुको काम र मामको ? छड्के आँखा भएका छन् केही माफियाका काम ? बरु नदेखुन तर भित्रि आँखाले मुल्यान्कन गरुन् । बिद्यार्थीहरुले आफ्नो समस्या वा जिज्ञासका कुरा राख्न जांदा डिनलाई सोधे बिभागलाई सोध भन्ने, बिभागलाई सोधे डिनले गर्छ भन्ने यि शिक्षा दलालको कसरी बिस्वास गर्ने ?

मेहनती र हरसमय हरेक रात नसुतेर र दिनरात नभनी शिक्षामा नै तल्लिन भएका हामी जस्ता हरेक सोझा बिधार्थीलाई शिक्षाबाट बञ्चित बनाएर राजनीति र स्वार्थको पहुँचमा अनैतिकतालाई उचालि दुःख मेहनेत गर्ने बिद्यार्थीको प्रगतिको बाधक बनेका शैशिक माफियाहरुलाई कसले कारवाही गर्छ खै ? अन्त बाहिर सस्थामा गएका बिधार्थी एम फिल र पि एच डि को संख्या पुग्दैन कि भनि तानेर ति नीजि नक्कली हुन भन्ने माफियाले के त्यहाँभित्र सक्कली काम गरेका छ कि, माफियाको काम ? छर्लङ हुनुपर्यो । अन्तरास्ट्रिय स्तरमा माफियालाई सजाय हुनुपर्यो र तिनलाई अन्तरास्ट्रिय कानुन बमोजिम मृत्युदण्ड हुनुपर्यो । ति माफियाहरुले राम्रो काम र निष्पक्ष गरेकै छैनन्, छर्लङ छ । आज ति माफियाहरु हामीलाई कमजोरी बनाउन तल्लिन छन, बरु ति माफियाको खोजि गरी कारवाही गर्नु पर्ने हो । यति हुंदा पनि संम्बन्धित निकाय आजसम्म पनि किन चुप लागेर बसेको छ ।

देशमा हामीजस्ता शिक्षारुपी चेलिहरु कसरी माथि उठ्न सक्छौं । एकातिर धेरै बोल्यो भन्ने अर्कोतिर नैतिक शिक्षाको पतन गराएर न पढन न पढाउने सकिने कोर्स राख्ने दलालहरु अनैतिक शिक्षाको दुनियाँमा लम्पसार परेर शिक्षा झुन्डाइरहेछन । म स्वयम आफैले सुनेको यर्थाथ “मैले केहि गर्न सकिन कपी रितो छ सरि सर पास बनाइदिनोहोस भनेका बिद्यार्थिलाई पास ” जसले गुलामी, चाकरी गरेर लम्पसार परी सुम्पेपछि मात्र शिक्षा पढ्न पाइदो रहेछ । तर राम्रो अध्ययन गरेर जेहेन्दार बिद्यार्थीलाई अवसरबाट बञ्चित गराएर ति मााफियाहरुले शिक्षा र विश्वविद्यालय नै पेवा बनाएर आफ्नो काम मनपरी ढंगले सुचारु गरिरहेका छन् ।तिनिहरुलाई शिक्षा नियम अनुसार कारवही हुनुपर्छ त्यो भएर उल्टै खुलेआम आफ्ना हर्कत गरिरहेका छन् ।

विश्वविद्यालयमा हामी लभ गर्न होइन पढ्न जाने हो । तर आज त्यसो नभएर लभ र भनसुनकै आधारमा जेहेन्दार र असल बिद्यार्थी पढ्नबाट बञ्चित भएका छन् । के हामी तिनीहरुका सौतेनी बा-आमाका छोराछोरी हौ र ? यो प्रश्नको उतर दिनुपर्यो बिचौलीयाहरुले । कसका भागमा कति कोटा परे भन्दै पास गराएर हैकम नै जमाएका छन् त्रिभुवन विश्वबिद्यालयमा । यथार्थ मुल्यान्कन र अध्यन गरेर बिद्यार्थी छनौट गर्नुपर्यो । आफ्ना कोटा भित्रका मात्रै बिद्यार्थी पास गराउने माफियाहरु कुनै दिन एक पटक कानुनी दायरमा आउन पक्कै नै छन् ? धेरै झुक्नु बेकार रहेछ । दलालहरुसंग, गुरुसग पो झुकेको महत्व हुँदोरहेछ ।

अझ किन ढाट्ने माफियाहरु/दलालहरु ? आफ्ना श्रीमतिको सारी र गहनाको मुल्य चुकाउन बर्षेनी फी बढाउने गर्छन् लाखौ लाख । यि साच्चै दलाललाई एक एक गरी कारवाहीको दायरमा ल्याउनुपर्छ । अलि अपरिचित शब्द राख्नेलाई र हेर्दा राम्रो अक्षरलाई टेवा दिने यि माफियाहरुले सबैले बुझ्ने सिम्पल अग्रेजीलाई स्वागत नगरेर अलि नौलो शब्द राख्नेलाई राम्रो मान्छन् । खै यिनिहरुको बुद्वि र दिमाख ? संसारका लेखक आफ्ना सिम्पल लेखहरुले जहाँ सर्बहारा र सबैले बुझ्न सक्ने भाषालाई महान मान्छन तर यहाँ एक दुइ शब्द नौला राख्दैमा र लामा वाक्य राख्दैमा मेरो लेख राम्रो छ भन्ने पाखण्डीहरु धेरै छन् । टुप्पोमा पलाएकाहरु यस्तै हुन्छन । यिनिहरु १०० प्रतिशत माफियाहरु हो कि होइन् ? आफ्ना दिमाखलाई फर्केर हेर । माफियाहरु घुम्न घुमाउन अनि रमाईलोमा रम्न सकेका हुन । संघर्षको अनुभव नभएका माफियाहरु आज जहाँ गए त्यतै पुगेका छन् ।

म बाल्मिकि जाँदा उतै, यता आए यतै, अनि असफल बनाउन तल्लिन माफियाहरुलाई राज्यले पद होइन कारवाही गर्नुपर्छ । जेहेन्दार र मेहनती बिद्यार्थीको पढ्न पाउने इच्छालाई बन्द गरेर खान पल्केका यि माफियाहरु बिद्यार्थीको मनसाय नबुझेर कहिलेकाहि अज्ञान,अबुझ अभिभावकको नजिक हुन खोज्ने पनी गर्छन, एउटा आत्मबिस्वाशको शिक्षा दिन नसकेर । कतिपय बिद्यार्थीका अभिभावकले पढ्न सहयोग नगरि आफै पढेका छन ति बिद्यार्थीलाई वास्ता नगर्ने दलालहरुलाई न पुलिस न आर्मीले तह लाउछ न अरुले ? त्यसैले छिटोभन्दा छिटो कारवाही होस ति माफिया दलालहरुलाई । हामी त पढ्ने समय नभएर बर्षेनि पेपर दिएर पास भएका मान्छे, पि एच डि र एम फिल मा १०० प्रतिशत घोटाला गरेको देखियो । आफ्ना श्रीमतिले चिहाउदा चिहाउदा पनि अरु केटी संग घुम्ने रहर भएका थुक्क माफियाहरु, कुन गलत आँखाले हेर्छ हामीलाई ? त्यति मात्र होर नजानेको कुरा सोध्दा फोन बिजी बनाउने, बोल्दाबोल्दै काट्ने, मेसेन्जर बन्द गर्ने आदि नौटंकी नाटक गर्ने यो के प्रेमी/प्रेमिका को भेटघाट हो कि पढ्ने थलो हो ? त्यतातिर सम्बन्धित निकाएको समयमै ध्यान जाओस् ।

लेखक : तिलकुमारी शर्मा