संसदीय दलभित्र पसेर निर्णय गर्ने अधिकार राष्ट्रपतिलाई छैन

वरिष्ठ अधिवक्ता शम्भु थापा

आजबाट सुनुवाई प्रारम्भ भएको प्रतिनिधिसभा बिघठनको वहसमा बोल्ने क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ः वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४९ जना प्रतिनिधि सभा सदस्यले बुझाएको हस्ताक्षरलाई नमानेर राष्ट्रपति विद्यादेवी भण्डारीले मतदानको अधिकार खोसेको बताएका छन्।

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आजबाट संवैधानिक इजलासमा भएको सुनुवाइमा बहस गर्दै थापाले भने( हाम्रो मतदानको अधिकार तपाईंले कसरी खोस्न पाउनुहुन्छ ? कसरी खाइदिन पाउनुहुन्छ राष्ट्रपतिज्यू ?
उनले राष्ट्रपति भण्डारीले एमालेभित्र यस्तो हुन्छ, जसपाभित्र यस्तो हुन्छ भनेर दलको प्रकाशन गर्न कहाँ पाउनुहुन्छ ? भनेर पनि प्रश्न गरे ।

संसदीय दलभित्र पसेर निर्णय गर्ने अधिकार राष्ट्रपतिलाई नभएको पनि थापाको तर्क थियो ।

‘१४९ को दाबा पेस गरेपछि तपाईं को हो एमालेका यतिले मत हाल्न सक्दैनन्, माओवादीका यतिले मत हाल्न सक्दैन भन्ने ? हाम्रो मतदानको अधिकार खोस्ने ?
थापा अघि आज देउवा पक्षका अरू चार जना वकिलले बहस गरेका थिए। थापाको बहससँगै आजको सुनुवाइ सकिएको छ। यो मुद्दामा संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुनेछ।