मुलुकभरमा थप २४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ८१ जनाको मृत्यु,

९ असार, कामठाडौं । कोरोना संक्रमण दर घट्ने क्रममा आज मुलकुभरमा थप २४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरमा ७४६१ पीसीआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जना गरी २४२१ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु भएको जसमध्ये पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको हो । बाँकी २९ जना भने विगतको तथ्यांकमा समावेश नभएका मृत्यु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ३५५८ जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ५० हजार ५२० रहेको छ । जसमध्ये ४७२४६ जना होम आइसोलेसनमा र ३ हजार २३४ जना होम आइसोलेसनमा रहेका छन् ।

त्यस्तै काठमाडौं उपत्यकामा ४९७ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौं जिल्लामा ३४६, ललितपुरमा ९७ र भक्तपुरमा ५७ जना रहेका मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जनाएको छ ।