Breaking News

अमेरिकाबाट आफ्ना नागरिक फिर्ता लिन राष्ट्रपति ट्रम्पको आदेश

कदर समाचार

२९ चैत, काठमाडौं । कोरोना भाइरसले अमेरिकामा भटाभट मान्छे मर्न थाले पछि अमेरिका विश्वकै कोरोना भाइरसबाट मर्ने एक नम्बरको देशको रुपमा अझै पनि अगाडी रहेको छ । तर पनि अमेरिकाले लकडाउन गरेको छैन र नगर्ने पनि भनि रहेको अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट आ-आफ्ना नागरिक फिर्ता लैजान आदेश गरेका छन् । कोरोनाको महामारीले अमेरिका तीब्र रुपमा अगाडी बढी रहेको बेला ट्रम्पले नेपालसहित विश्वका विभिन्न देशहरुलाई सो आदेश गरेका छन् ।
राष्ट्रपति ट्रम्पले यदि आफ्ना नागरिक फिर्ता नलिएमा वा जान अटेर गर्ने विदेशी नागरिकलाई जरिवाना तिर्नुपर्ने एक आदेशपत्रमा हस्ताक्षर गरेका छन् । आदेश पत्र जारी भएसंगै अब अमेरिकामा रहने विदेशी नागरिकलाई प्रशासनले जरिवाना तिराउन सक्नेछ ।
ऋादेश पत्रमा भनिएको छ विदेशी नागरिकले अमेरिकीहरुको सार्वजनिक स्वास्थ्यमा खतरा थपेको भन्दै सम्बन्धित सबै देशहरुलाई समय सीमा भित्रै आफ्ना नागरिक फिर्ता लिन अनुरोध गरेको छ ।
अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जारी गरेको सूचनामा अनुसार अमेरिकाबाट आफ्ना नागरिकलाई फिर्ता लान अटेर वा बिनाकारण ढिलाइ गर्ने देशहरूले अमेरिकामा फैलिरहेको कोरोनाभाइरसको समयमा अमेरिकीहरूको सार्वजनिक स्वास्थ्यमा स्वीकार गर्न नसकिने खालका जोखिम थपिरहेका छन् । यो सूचनाको अटेर गर्नेलाई ‘भिसा निषेधाज्ञा’को कारबाही गर्ने समेत परिपत्र जारी गरेको छ ।

लेखक : कदर समाचार