लकडाउन लम्बिन सक्ने प्रधानमन्त्रीद्धारा संकेत

२९ चैत, काठमाडौं । आज शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले सात प्रदेशका मुख्यमन्त्रीहरुसंग भएको भिडियो कन्फ्रेन्सका क्रममा बोल्दै कोरोना भाइरस (कोभिड (१९) महामारीविरुद्ध लड्न सरकार एक्लै काफी एको र सरकार भन्दा अर्को भिन्न संयन्त्र आवश्यक नरहेको बताएका छन् । उक्त अबसरमा प्रधानमन्त्री ओलीले सरकारले प्रभावकारी र सफल रूपमा काम गरिरहेको र कोही कसैको दुष्प्रचार गर्नेहरूबाट प्रभावित नहुने भन्दै १५ दिन घरमा बस्दै बीचबीचमा निर्देशन दिएजस्तो गर्ने कुनै संयन्त्र को आवश्यकता औचित्य नभएको बताए ।
बिहान साढे ११ देखि पौने चार बजेसम्म सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले पालैपालो मुख्यमन्त्रीहरुसंग भिडियो कन्फरेन्स गरेका थिए ।

उक्त भिडियोमा प्रधानमन्त्रीले कुराकानीका क्रममा लकडाउन तत्काल अन्त्य नहुने समेत बताएका छन् । संक्रमण फैलिन नदिन सबै सचेत हुनु पर्ने भन्दै उनले भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै लकडाउन खुला गर्ने निर्णय हुन नसक्ने बताए ।
मुन्त्रीसंग बोल्ने क्रममा सीमामा अझ कडाइ गर्नुपर्ने भन्दै उनले नरम बनेर लापरबाही नगर्न मुख्यमन्त्रीहरुलाई आग्रह गरे । भिडियो कन्फ्रेन्सका क्रममा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आआफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासहरुको जानकारी प्रधानमन्त्रीसंग गराएका थिए ।