सरकारमा आउंदा जसरी आएको थिएं, त्यसरी नै फर्कन्छु

मन्त्री, योगेश भट्टराई

२९ चैत, काठमाडौं । हिजो शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार तथा रिर्पोर्टस क्लबका अध्यक्ष ऋषि धमलासंग कुरा गर्दै मन्त्री भट्टराईले आफू जसरी सरकारमा सहभागी भएको थिए त्यसरी नै बारिहने बताएका छन् । अष्टेलियाका नागरिक फर्काउन अष्टेलियन सरकारले नेपाल वायु सेवा निगमको विमान चार्टर गरेको र निगमको खातामा पैसा जम्मा भैसकेको बताए । उक्त विमान चार्टर गर्दा निगमले कुनैपनि कमिशन नखाएको उनको दाबी छ । हाम्रो एकाउन्ट चेक गर्नुहोस न । ५ करोड समथिङ पैसा हाम्रो एकाउन्टमा कहांबाट आयो त ? कमिशन एक पैसापनि दिएको छैन् । दिनुपर्ने कि नपर्ने ? भोलि हिसाब गरौंला । एजेन्ट किन चाहियो भनेर मलाई नसोध्नु । केही पनि हिनामिना भएको छैन् ।
तपाईजस्तो लोकप्रिय युवा नेतामाथि जनताले भ्रष्टाचारको दाग नलगाउन् भनेर गरेको प्रश्नमा ”कहां लागेको छ त ? कालो चश्मा लगाएर हेर्नु भएन नि त ? चश्मा त राम्रै लगाएर हेर्नुपर्यो नि । साउन १५ गते म जसरी गएको थिएं, फर्किंदा म त्यसैगरि फर्किन्छु । केही फरक पर्दैन् । मेरो जिन्दगी यही हो । म अरु ठूलै नेताहरुले जस्तो दुःख गरें त भन्दिन्, उहांहरुले धेरै त्याग तथा तपस्या गर्नुभएको छ । तर, जिन्दगीमा पनि हामी दुःख गरेर आएका हौं । १८ वर्षको उमेरमा जेल परेको हुं म पनि । आज म माथि जति क्वेशन गरिरहेका छन् नि मानिसहरुले, ती मानिसहरुको क्वेशन गर्ने अधिकारको निम्ति मै लडेको हो नि । अस्ति प्रजातन्त्र दिवसको दिन मैले लेखें जुन दिन राति १२ बजे म चौतारा जेलबाट छुटेर आएको हुं । आज मलाई क्वेशन गर्ने मान्छेहरु त्योबेला जन्मिएका पनि थिएनन् होला ।”
मन्त्री भट्टराईले आफूहरुजस्तो मानिस किन हतोत्साहित हुने ? भन्दै निराश नभएको पनि विश्वास बताए । नबिगार्नु, नडराउनु । जस्तोसुकै परीक्षामा हामी सामेल हुन तयार छौं । आज नेकपाको सरकारले, नेकपाको सिंगो पार्टीको एकताले, सिंगो मुलुकको एकताले, केपी ओलीको नेतृत्वको सरकारले कोभिड १९ विरुद्धको लडाई जित्छ । जित्नु बाहेक हामीसंग विकल्प छैन् । यदि यो सरकारले जितेन भने कसैले जित्नेवाला छैन् । देश हार्ने होईन, मानव जातिले हार्छ । त्यसकारण यति गम्भिर परिस्थितिमा खेलाची नगरौं । हल्काफुल्का टिप्पणी कसैले नगरौं । कसैमाथि आरोप प्रत्यारोप अहिले नगरौं । समय आलानि त भोलि । मैले अघि भनें कतिकति राजनीतिक चलखेल भएका होलान, पर्दाभित्र ? आज त्यो पनि हामी नखोजौं । भोलि जनताको मैदानमा हिसाबकिताब भैहाल्छ नि । अर्को साँढे दुई वर्षपछि हामी चुनावमा जाँदैछौं त । त्यहीं हुन्छ नि त हिसाबकिताब । हामी अपराधी रछौं ? खत्तम रछौं भने जनताले हामीलाई भोट हाल्लान् त ? नेपाली जनता लाटा छैनन् । आज नेपाली जनताले जुन धैर्यता देखाएका छन, यत्तिको धैर्यता विश्वका धेरै कम मानिसहरुले देखाएका छन् ।

आज नेकपाको सरकारले, नेकपाको सिंगो पार्टीको एकताले, सिंगो मुलुकको एकताले, केपी ओलीको नेतृत्वको सरकारले कोभिड १९ विरुद्धको लडाई जित्छ । जित्नु बाहेक हामीसंग विकल्प छैन् । यदि यो सरकारले जितेन भने कसैले जित्नेवाला छैन् । देश हार्ने होईन, मानव जातिले हार्छ । त्यसकारण यति गम्भिर परिस्थितिमा खेलाची नगरौं । हल्काफुल्का टिप्पणी कसैले नगरौं । कसैमाथि आरोप प्रत्यारोप अहिले नगरौं । समय आलानि त भोलि । मैले अघि भनें कतिकति राजनीतिक चलखेल भएका होलान, पर्दाभित्र ? आज त्यो पनि हामी नखोजौं । भोलि जनताको मैदानमा हिसाबकिताब भैहाल्छ नि । अर्को साँढे दुई वर्षपछि हामी चुनावमा जाँदैछौं त । त्यहीं हुन्छ नि त हिसाबकिताब । हामी अपराधी रछौं ? खत्तम रछौं भने जनताले हामीलाई भोट हाल्लान् त ? नेपाली जनता लाटा छैनन् । आज नेपाली जनताले जुन धैर्यता देखाएका छन, यत्तिको धैर्यता विश्वका धेरै कम मानिसहरुले देखाएका छन् ।

अहिले आफूहरुसंग पहिलेजस्तो कामको चाप नभएको स्पष्ट पारेका छन् । किनभने अहिले सन्दर्भ पनि छैन् । विशेषगरि यही कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी सरकारका काममा हामी दैनिक व्यस्त छौं । तर, यहांले भनेजस्तो दैनिक बैठक त हुंदैन् । आवश्यकत्ता अनुसार बैठक बस्छौं । क्याविनेटको मिटिंग पनि यो बीचमा हप्तामा दुई पटक भैरहेको छ । उच्चस्तरीय समन्वय समितिको बैठक पनि भएको छ । अरु, हाम्रा जिम्मेदारीका बैठक पनि हुन्छन् । हामी परिस्थितिको गम्भिरताका साथ विश्लेषण गर्छौं । आवश्यकअनुसार नीतिहरु लिन्छौं । कार्यान्वयन गर्दै गएका छौं ।
तपाईले लिएका नीति कति सफल भएका छन् ? बैठकमा बस्दा समिक्षा गर्नुभएको छ भनेर सोधिएको प्रश्नमा मन्त्री भट्टराईले भन्छन्, हो, गरेका छौं । त्यो चाहीं के देखिन्छ भने डेटाबाट पनि देखिन्छ । तथ्यांकबाट के देखिन्छ भने विश्वभरि कोरोना संक्रिमत मुलुक २ सय भन्दा बढि छन् । दुई सयभन्दा बढि देश कोरोना संक्रिमत हुँदा नेपाल कम प्रभावित मध्येको टप टेनमा छौं हामी । जस्तो हाम्रोमा पनि ९ वटा केश देखियो । अहिलेसम्म अप्रिय खबर छैन् । कसैको मृत्यु भएको छैन् । यद्धपी विश्वभरि ८० हजार मानिसको मृत्युको समाचार हामीले पढिरहंदा, सुनिरहंदा एउटा मानव जातिको हिसाबले हामी अत्यन्तै दुःखी हुन्छौं । हाम्रै नेपाली दाजुभाई तथा दिदिबिहीनरु पनि विभिन्न ठाउँमा बेलायतमा, अमेरिकामा यो प्रकोपबाट ज्यान गुमाउनु परेको छ । हामीलाई अत्यन्तै दुःख लागेको छ । एकपछि अर्को मृत्युको खबर आउंदा हामीपनि झस्किन्छौं । कतै हाम्रो देशमा पनि त्यस्तो समाचार नआओस भन्ने कुरामा हामी सचेत छौं । दक्षिण एशियाकै कुरा गर्नुहुन्छ भने भुटानमा अहिलेसम्म ५ जनाको संक्रमण देखिन्छ भने हामीमा ९ जना छ ।
उनले नेपाल अलिहे पनि कोरोनाको जोखिममा रहेको स्पष्ट पारे । उनले थपे, हामी अहिलेपनि जोखिममा छौं । किनभने विदेशबाट संक्रमित भएर आएका मानिसमध्ये एक जनाबाट हाम्रो स्थानीयमा पनि सर्यो । त्यसो भएको हुनाले अहिले चिकित्सकहरुको विश्लेषण अनुसार जब समूदायमा जान्छ त्यो एक स्टेप खतरा हो । एक स्टेप खतरामा हामी गैसक्यौं । उनले नेपाल सरकारले कोरोना परीक्षणको दायरासमेत बढाएको बताए । उनले भने, हिजो काठमाडौंबाट मात्रै नमूना परीक्षण हुन्थ्यो । तर, अहिले देशभरि १२ ठाउंबाट नमूना परीक्षण हुन्छ । र भैरहेको छ । यो दुई हप्ताको प्रगति हो । हिजो हामी दैनिक ५० जनाको परीक्षण गर्दथ्यौं भने अब हामी दैनिक १५ सय देखि दुई हजारको परीक्षण गर्ने ठाउँमा आईपुगेका छौं ।
नेपालले कोरोनाको पहिलो नमूना परीक्षण हङकङमा गरेको सुनाउंदै उनले विगतमा सरकार चलाएकाहरुले कस्तो एड्भान्स काम गरेछन् भनेर सोच्न आग्रह गरे । अहिले स्वास्थ्योपचारमा सहभागी हुने चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुको तलब, भक्ता बढाईएको, वीमाको व्यवस्था गरेको लगायत राम्रो व्यवस्था गरिएको पनि उनले जिकिर गरे । सरकार सम्पूर्ण तयारीका साथ अघि बढेको प्रष्ट पनि पारे ।