पहिरोको जोखिम भएका बस्ती र नदी छेउका मानिसहरूले सचेतता अपनाउन जरूरी

पछिल्लो समयमा नेपालमा सक्रिय रहेको मनसुनका कारण केही दिनयता लगातार पानी परिरहेको छ। मंगलबार मनाङ र सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा भारी वर्षाका कारण बाढी आएर ठूलो भौतिक क्षति पनि भएको छ।

मौमस पूर्वानुमान महाशाखाले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा अझै एक-दुई दिन भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

महशाखाले मंगलबार हाल विशेष बुलेटिन जारी गरेको भनेको छ यी तीन प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षा हुने जनाएको थियो।

महाशाखाकी मौसमविद् मन्जु वासीका अनुसार यी प्रदेशका केही स्थानमा भारी वर्षा हुने क्रम अझै एक-दुई दिन रहनेछ।

देशका अरू भू-भागमा पनि पानी पर्ने क्रम भने जारी रहनेछ।

‘पहिरोको जोखिम भएका बस्ती र नदी छेउका मानिसहरूले सचेतता अपनाउन जरूरी छ,’ उनले भनिन्।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान:

२०७८ असार २  गते (बुधबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा मेघगर्जन/चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

२०७८ असार ३  गते (बिहीबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, प्रदेश न.१ र वागमती प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

२०७८ असार ४  गते (शुक्रबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।