गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिने तयारी

नवनियुक्त गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत लिने तयारी थालेका छन् । असार २८ गते साँझ मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने योजना बनाएका हुन् ।

मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिनेगरी तयारी थालेका हुन् । विश्वासको मत लिनुभन्दा दुई दिन अघि संसदलाई सरकारले जानकारी दिनु पर्ने संवैधानिक ब्यवस्था भएकाले संसद सचिवालयमा विश्वासको मतका लागि सूचना दर्ता भएको छ ।

संविधानको धारा १६८ ९५० अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।
विश्वासको मत लिनु अघि नै सरकारले नीति तथा कार्यक्रम पारित गरिसकेको छ भने बजेट पनि आइसकेको छ । सरकारले अब, विश्वासको मत लिएपछि मात्रै बजेटमाथि थप छलफल प्रारम्भ गर्ने भएको छ ।