Breaking News

सिन्धुपाल्चोकको हेलम्बु इन्द्रवती नदिले बगाएर ७ जना बेपत्ता दुई जनाको नाम थर खुल्न बाँकी

२ असार, सिन्धुपाल्चोक । लगातार आएको बर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा इन्द्रवती नदिमा आएको पानीको वहावले बगाएर ७ जना बेपत्ता भएका छन् । बेपत्ता ७ मध्ये ५ जनाको नाम खुलेको र दुई जनाको नाम थर खुल्न बाँकी रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले रातोपाटीलाई बताए ।

हेलम्बु गाउँपालिकाको इन्द्रवती नदीको किनारमा एक जनाको शव फेला परेको छ । बाढीले हेलम्बुमा ३ ओटा र मेलम्चीमा एउटा पक्की पुल बगाएको छ ।