नेपालमा थप २ हजार ७४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ४१ जनाको मृत्यु

१ असार, काठमाडौं । देशभरमा ७ हजार ४४९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६८१ र ५ हजार ८४१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ६४ जना गरी कुल २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण ४१ जनाको मृत्यु भएको छ । संक्रमणमुक्त हुनेको संख्या ४ हजार १८७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।