Breaking News

स्लोभाकियाद्धारा पोल्याण्डलाई २-१ ले पराजित

१ असार, काठमाडौं । स्लोभाकियाले जारी युरोकप २०२० मा aविजयी सुरुआत गरेको छ । समूह ई अन्तर्गत सोमबार राति भएको खेलमा स्लोभाकियाले १० खेलाडीमा समेटिएको पोल्याण्डलाई २(१ ले पराजित गरेको हो ।

रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको खेलको १८औं मिनेटमा पोल्याण्डका गोलकिपर वचेक स्चेन्सीले आत्मघाट्टी गोल गरेपछि स्लोभाकियाले अग्रता लिएको थियो ।

स्लोभाकियाका रोबर्ट माकले प्रहार गरेको बल सुरुमा पोस्टमा लागेको थियो । तर पोष्टमा लागेर पर्केको बल गोलकिपर स्चेन्सीलाई लाग्दै गोल भयो ।

पहिलो हाफमा पछि परेको पोल्याण्डले दोस्रो हाफको सुरुमै बराबरी गोल फर्कायो । ४६ औं मिनेटमा कारोल लिन्टीले गोल गर्दै पोल्याण्डलाई खेलमा फर्काएका थिए ।

तर ६२ औं मिनेटमा पोल्याण्ड १० खेलाडीमा समेटिएपछि दबाबमा पर्‍यो । पोल्याण्डका मिडफिल्डर ग्रेगोर्ज क्रिचोवियकले दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

त्यसैको फाइदा उठाउँदै मिलान स्क्रिनरले ६९ औं मिनेटमा गोल गर्दै स्लोभाकियालाई दोस्रो पटक अग्रता दिलाएका
थिए । त्यही अग्रता कायम राख्दै स्लोभाकियाले ३ अंक जोड्न सफल भयो ।