लगातार वर्षाका कारण पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरूद्ध

३० जेठ, बर्षाका कारण पहिरो खस्दा सिद्धार्थ राजमार्ग बिहानदेखि अबरुद्ध भएको छ । आज बिहान करिब ६ः३० बजे स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नम्बर २ भालुपहाडमा पहिरो खसेको थियो। अविरल वर्षापछि पहिरो खसेर सडक अवरूद्ध भएको हो। पहिलोले पूर्ण रूपमा सडक अवरूद्ध भएको छ।

सडक विभागलगायतमा खबर गरेर पहिरो पन्छाएर सडक खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।