बेल्जियमले रुसलाई ३–० गोलले हराउंदै जित

युरोकप फुटबलमा बेल्जियमले उत्कृष्ट सुरुआत गरेको छ । बेल्जियमले रुसलाई ३–० ले हराएको हो ।

सेन्ट पिटर्सवर्गस्थित गाजप्रोम रंगशालामा घरेलु टोलीविरुद्ध जित दिलाउने क्रममा रोमेलु लुकाकुले बेल्जियमका लागि दुई गोल गरे ।

उनले खेलको १० औं मिनेटमै बेल्जियमलाई अग्रता दिलाए । ३४ मिनेटमा थोमस मुनियरले अग्रता दोब्बर पारे भने लुकाकुले ८८ औं मिनेटमा अर्को गोल गर्दै ३–० को जित दिलाए ।

प्रतियोगिताअन्तर्गत आगामी खेलमा अब रुसले फिनल्यान्ड र बेल्जियमले डेनमार्ककको सामना गर्नेछन् ।