नेपाल फिफा विश्वकप २०२२ छनोट बाट बाहिरियो अस्ट्रेलियासंग ३-० गोल अन्तरले पराजित

२९ जेठ, काठमाण्डौ । कुवेत सिटीमा हिजो राती भएको फिफा विश्वकप २०२२ छनोट अन्र्तगत खेलमा नेपाल अस्ट्रेलियासंग ३-० गोलले पराजित हुंदै बाहिरिएको छ ।

विश्वकप छनोटबाट बाहिरिए संगै एसियन कपको तेस्रो चरणमा सिधा पुग्ने सम्भावना पनि सकिएको छ। अब नेपालले प्लेअफबाट तेस्रो चरणमा लागि पुग्न प्रतिस्पर्धा गर्नु पर्नेछ।

हिजो रातीको खेलमा अस्ट्रेलियाले खेल सुरु भएको छैटौं मिनेटमा गोल गरेर अग्रता लिएको थियो जुन गोल म्याथ्यु लकीले गरेका थिए । त्यस्तै नेपालका लागि फेरि खेलको ३८ मिनेटमा अस्ट्रेलियाकै काराकिकले दोस्रो गोल गर्दै नेपाल २ गोल अन्तरले पछाडी पर्र्यो ।

पहिलो हाफकमो अन्तिम ४५ मिनेटमा नेपालका रोहित चन्दले सिधा रातो कार्ड पाउँदै मैदान छोडेपछि नेपाल १० खेलाडीमा सीमित बन्यो।

दोस्रो हाफको ५७ मिनेटमा अस्ट्रेलियाका लागि फेरि तेस्रो गोल भयो जुन गोल अस्ट्रेलियाका बोयलले गरेका थिए ।
दोस्रो हाफभर १० खेलाडीमा खेलेको नेपालका लागि कप्तान तथा गोलकिपर किरणकुमार लिम्बुले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले अस्ट्रेलियाका आधा दर्जन प्रहार विफल पारेका थिए।

समूह बी मा २१ अंक जोडेको शीर्ष स्थानको अस्ट्रेलियाले नेपालमाथि जित निकाल्दै विश्वकप छनौटमा प्रवेश गर्र्यो भने ६ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा रहेको नेपाल बिश्वकप खेल्ने सपना पुरा हुन सकेन ।