प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई अस्पताल भर्ना

नेकपाका युवा नेता तथा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई अस्पताल भर्ना भएका छन् । उनलाई मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको बुझिएको छ । भट्टराईको मुटुमा समस्या देखिएपछि गंगालाल हृदय केन्द्र बासबारीमा भर्ना गरिएको र अहिले उनकोस्वास्थ्यमा सुधार आएको जानकारी प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताएका छन् ।