अमेरिकामा एक दिनमै २ हजार ४३ को मृत्यु

समाचार
कोरोना भाइरसले अमेरिकामा विछत्तै पारको छ । विश्वको शक्तिशाली राष्टमा कहलिएको राष्ट अमेरिकामा कोरोना भाइरसका कारणले पछिल्लो २४ घण्टामा २ हजार ४३ जनाको मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या १८ हजार ७ सय २५ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ३३ हजार ७ सय ५२ संक्रमित भेटिएका छन् । यससँगै हालसम्म कूल संक्रमितको संख्या ५ लाख २ हजार ३ सय १८ पुगेको छ । संक्रमितमध्ये १० हजार ९ सय १७ जनाको स्थिती निकै गम्भीर छ भने २७ हजार ३ सय १४ जना संक्रमित निको भएको एजेन्सीले जानकारी दिएका छन् ।