कोरोना भाइरसबाट अहिलेसम्मको डाटाअनुसार १ लाख २ हजार ७३४ जनाको मृत्यु

संसारभरी महामारीको रुपमा फैलिएर लकडाउनको अवस्थामा पुराएको कोरोना भाइरसको संक्रमणबाट विश्वभरी ज्यान गुमाउनेको संख्या यो समाचार तयार पार्दा सम्म १ लाख २ हजार ७३४ पुगेको छ कुरा कोरोना भाइरस न्यूज अपरेसनले बबताएको छ ।
यसैगरी संक्रमितको संख्या १६ लाख ९९ हजार ६३१ रहेको समेत जनाइएको छ । भाइरसबाट हालसम्म संसारका १७७ मुलुक प्रभावित भइसकेका छन् । यो सूचिमा थपिने पछिल्लो मुलुक युद्धग्रस्त यमन पनि
हो । यमनमा हिजो मात्र शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । जुन समाचार न्यू योर्क टाईम्सले बताएको छ ।
विश्व विवरण अनुसार कोरोनाबाट सबैभन्दा बढी ज्यान अमेरिकामा गएको छ । अमेरिकामा हिजो शुक्रबार मात्रै अपरान्हसम्म १८ हजार बढीको ज्यान गइसेको बताइएको छ । साथै अमेरिकामा ५ लाख बढीमा कोरोनाको संक्रमण पाइएको छ । त्यस्तै दोश्रो स्थानमा मर्नेहरुको संख्यामा इटालीमा रहेको छ ।
चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमणको महामारीले हाल सबैभन्दा बढी प्रभावित हुने पाँच मुलुकमा अमेरिका, इटाली सहित स्पेन, फ्रान्स र जर्मनी रहेका छन् । संक्रमण सुरु भएको चीनमा भने पछिल्लो समय निक्कै कम मानिसमा संक्रमण भेटिएको छ । समाचार एजेन्सीहरुले बताइरहेका छन् ।