युरोकपको वार्मअप खेलमा इजरायलमाथि पोर्चुगलको सहज जित, रोनाल्डोको १ सय ४ गोल पुरा

युरोकपअघिको अभ्यास खेलमा पोर्चुगलले इजरायलमाथि ४–० को जित निकालेको छ । लिस्वनस्थित जोसे अल्भालाडे रंगशालामा भएको खेलको ४० औं मिनेटमा ब्रुनो फर्नान्डेजले पोर्चुगललाई अग्रता दिलाए ।

त्यसको दुई मिनेटपछि क्रिष्ट्रियानो रोनाल्डोले अग्रता दोब्बर पारे । खेलको अन्त्यतिर पोर्चुगलले थप दुई गोल ग¥यो । जोआ क्यान्सिलोले ८६ मिनेटमा तथा ब्रुनो फर्नान्डेस्ले इन्जुरी समयमा व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गरे ।

रोनाल्डोको १ सय ४ गोल पुरा
अन्तर्राष्ट्रिय फुटबलमा पोर्चुगलका लागि  १ सय ७५ खेलमा रोनाल्डोको यो १ सय ४ औं गोल हो । उनी सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोल गर्ने इरानका अली देईभन्दा केवल ५ गोलले मात्रै पछि छन् । देईले १ सय ९ गोल गरेका थिए ।