तमिलाखर्क बस्ती पहिरोको उच्च जोखिममा समस्या समाधानका लागि सडक डिभिजन कार्यालय बाग्लुंगमा ज्ञापन पत्र

२६ जेठ, मल्जाल, पर्वत । जलजला गाउंपालिका वार्ड २ मा अवस्थित तमिलाखर्कका १० वटा घरबस्ती मुनिको बिजुलीको टावरसंगैको सडक खण्ड माथिको जमिनमा धाजा फाँटेर पहिरो जाने उच्च जोखिममा रहेको छ । त्यहां निर्माणाधिन बिजुलीको हाईटेसन टावर र बगरफाट-बासखर्क सडक अन्तर्गत गौरेटे–बिमिराबोट सडक खण्ड निर्माण गर्दा साईट र भित्ते ग्याबिड जाली र वाल नलगाएकाले वर्षायाममा जमिन भासिन गई बस्ती नै पहिरोमा जान सक्ने अवस्था छ ।

गएको वर्षमा बर्षाको पानीले सो जमिन ठाउंठाउंमा धाजा फाँटी जमिन भासिएर बस्ती नै जोखिममा देखिएकाले तमिलाखर्क बासीले यसअघि पनि पटक-पटक सूचना तथा ज्ञापनपत्र वडा, पालिका तथा सम्बन्धित सरोकारवालाई अवगत गराउंदा समेत सुनुवाई नभएकाले अबको केही महिनामा सुरु हुन लागेको बर्षातमा झनै जमिन भासिन गई बस्ती नै उठ्न सक्ने मध्यनजर गर्दै त्यहांका स्थानीय तथा पत्रकार कृण्णबहादुर कार्कीको नेतृत्वमा सडक डिभिजन कार्यालय बाग्लुंगमा ज्ञापन पत्र बुझाएर समस्या समाधान गरिदिनु अनुरोध गरेका छन् ।

सडक माथिेका बस्तिको ख्याल नै नगरी सडक निर्माण गर्दा आज बस्ति जोखिममा परेकोले बस्ती सुरक्षाका लागि समाधान गरिदिन भन्दै तमिलाखर्कबासीले सडक डिभिजन कार्यालय बाग्लुंगमा ज्ञापनपत्र बुझा एका हुन् ।

वारीबेनी (बगरफाँट बाँसखर्क सडक अन्तर्गत गौरेटे–बिमिराबोट सडक खण्डको तमिलाखार्कमा सडक निर्माण गर्दा करिव ३ सय मिटर सडकको माथिको भिरालो जमिनमा क्याबिन जाली नलगाई सडक बिस्तार गर्दा बर्षातको पानीले जमिन धसिन गई बस्ति नै जोखिममा पर्ने गरी पहिरो गएको र अब आउने वर्षायाममा झनै जमिन भासिनगई बस्ती नै उठ्न सक्ने भएकाले सडक डिभिजन कार्यालयले बर्षात् सुरु नहुँदै समाधान गर्न त्यहाँका बस्तीबासीको गुनासो भएको जानकारी पहिरो प्रभावित वस्तीका संयोजक कृष्ण बहादुर कार्की बताए ।

पत्रकार तथा संयोजक कार्कीका अनुसार अघिल्लो वर्ष कै वर्षातत्को पानीले पुरै जमिन धाँजा फाटेर जोखिम देखिएकाले केही महिना बस्ति नै सारिएको थियो । यस बर्षको वर्षायाम शुरुहुन लाग्दा सो धाजा फाटेको बस्तिमुनीको पहिलो बारे कोही कसैको चासो पहल नभएकाले म स्वयम त्यही बस्तीको बासी भएकाले बस्ती बचाउनका लागि सडक डिभिजन कार्यालयमा बाग्लुमा आएर निबेदन दिनु परेको उनले बताए ।

वस्ती संयोजक तथा पत्रकार कार्की स्वयमले जनप्रतिनिधि र राजनीतिक दलका जनप्रतिनिधि संग समस्या अवग गराउंदा जनप्रतिनिधिहरुले तत्कालै यसको समाधान गरिने बताएका भए पनि आजसम्म पनि कुनै पहल कदमी नचलालिएको र वर्षात् लाग्न सुरु हुन लागेकाले टमिलाखर्कबासीलाई रातमा न निद्रा लाग्छ, दिनमा न ढुक्कले काम गर्न दिन्छ मनको पिरोलेले । यसैको मध्यनजर गर्दै सो बस्तीमुनिको खस्नै लागेको पहिरोलाई सामाधान गर्ने गरी बस्तीलाई सुरक्षित राख्नका लागि सो क्षेत्रको स्थलगत निरीक्षण र समस्या समाधानका डिभिजन सडक कार्यालय बाग्लुंगका प्रमुखले तत्काल स्थलगत निरीक्षण गरी संरक्षण गर्न मिल्ने नमिल्ने एकिन गरी तुरुन्तै कार्यान्वयन गर्न गराउन तोक आदेश दिएको समेत कार्कीले बताए ।