गण्डकी प्रदेशमा सभामा भोलि मुख्यमन्त्री गुरुङले विश्वासको मत लिदै विपक्षी गठबन्धनमा आवद्ध चार दलले विश्वासको विपक्षमा मत हाल्न ह्वीप जारी

२६ जेठ, काठमाण्डौ । गण्डकी प्रदेश सभामा भोलि जेठ २७ गते मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफु मााथिको विश्वासको मत लिने तालिका रहेको छ । यसै क्रममा गण्डकी प्रदेशमा विपक्षी गठबन्धनमा आवद्ध चार दलले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई विश्वासको मत नदिन आ–आफ्नो संसदीय दलमार्फत ह्वीप जारी गरेका छन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जसपा (साविक नयाँ शक्ति) पार्टी उक्त प्रस्तावलाई विफल तुल्याउन एकजुट देखिएका हुन् ।

‘विपक्षमा रहेका चारवटै दलले आ–आफ्ना सांसदलाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्ने सहमतिअनुसार चार दलले निर्णय गरेका हुन्।’

त्यस्तै यस अघि राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद कृष्ण थापालाई पार्टीले कारवाही गरेको तर सर्वोच्चले पद बहाली गरेपछि चिढिएका उनले पार्टीको संसदीय दलको ह्वीप मान्ने हुन की होईनन् तर पार्टीले सांसदलाई ह्वीप जारी गरेको छ । जनमोर्चाले तर पार्टीको निर्णय नै औपचारिकता दिने बताइरहेको छ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा सत्तारुढ नेकपा एमालेको पक्षमा एक स्वतन्त्रसहित २८ सांसद छन् । विश्वासको मतका लागि कम्तीमा पनि ३१ सांसदको समर्थन आवश्यक हुन्छ । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा भने वर्तमान सरकारलाई नै समर्थन गर्ने अडानमा रहे पनि पार्टीको कारवाहीमा परेर पनि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण सांसदकै रुपमा बहाल बनाएपछि उनले ह्वीप उल्लंघन गरेर सरकारलाई विश्वासको मत दिएको अवस्थामा समेत आवश्यक बहुमत जुट्न नसक्ने देखिन्छ ।

अर्कोतिर विपक्षी गठबन्धनमा पनि काँग्रेसको १५, माओवादी केन्द्रको सभामुख बाहेक ११, राष्ट्रिय जनमोर्चाको ३ र जसपाको २ सांसद गरी जम्मा ३१ मत पुग्छ । तर जनमोर्चाका कृष्ण थापाले विपक्षी गठबन्धनलाई साथ दिनेमा आशंका रहेका कारण विपक्षी गठबन्धन पनि आफ्नो पक्षमा बहुमत जुट्नेमा ढुक्क भने छैन ।