प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसलाई समेट्दै मन्त्रिपरिषद् विस्तार गरे

२६ जेठ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । दलहरुबीच भागवण्डा मिलाउन मन्त्रालय फुटाएर १० पुर्‍याएका उनले कांग्रेसका तीन मन्त्री नियुक्त गरेका हुन् ।

कांग्रेसको तर्फबाट संसदीय दलका नेता रामसरोज यादव भौतिक पूर्वाधार यातायात, ओमप्रकाश शर्मा उर्जा तथा खानेपानी र वीरेन्द्र सिंह महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीहरुले बुधबार नै प्रदेश प्रमुख राजेश झा समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।

नवनियुक्त मन्त्रीहरुमध्ये यादव धनुषा क्षेत्र नम्बर ३ को १ बाट, सिंह सर्लाही क्षेत्र नबर ४ को १ बाट प्रत्यक्ष निर्वाचित भएका हुन् भने शर्मा पर्साका समानुपातिक सांसद हुन् ।

मुख्यमन्त्री राउतले नेकपा माओवादी केन्द्रलाई पनि सरकारमा ल्याउने तयारी गरेका छन् । उसलाई २ वटा मन्त्रालय दिने भनिएपनि मन्त्रालयको टुंगो लागिसकेको छैन् ।