प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइका लागि आज संवैधानिक इजलास बस्दै

जेठ २६, काठमाडौं । २३ गते् बसेर अचानक रोकिएको प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइका लागि आज संवैधानिक इजलास बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्वस्थ भएपछि दुईदिन इजलास स्थगित गरिएको थियो ।

इजलासको शुरुमा न्यायाधीश दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले आफ्नो राय दिँदैछन् । उनीहरुले इजलासमा बस्ने या नबस्ने बारे राय दिने छन् ।