नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो

२५ जेठ, काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरमा एकैदिन सबैभन्दा बढी २४६ जनाको मृत्यु भएको थियो । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १०८ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको हो ।