विश्वका प्रमुख सञ्चारमाध्यमको वेबसाइट सेवा अवरुद्ध

२५ जेठ, काठमाडौं । विश्वका प्रमुख मिडिया वेबसाइटको सेवा आज अवरुद्ध बन्न पुगेको छ ।

फाइनान्सियल टाइम्स, न्युयोर्क टाइम्स र ब्लूमवर्ग न्युजको वेबसाइट सेवा अवरुद्ध बन्न पुगेको हो । सीएनएन र फ्रान्सको ले मोन्डेको सेवामा पनि केही ‘त्रुटि’ देखिएको छ । त्यस्तै बीबीसीको सेवामा पनि केही समस्या देखिएको थियो ।

त्यस्तै अमेजन डटकमको सेवा पनि अवरुद्ध बनेको थियो । अमेजनले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । बेलायतको गार्डिजन पत्रिकाले आफ्नो वेबसाइट र एप प्रभावित बनेको जानकारी ग।ाएका छन् । अन्य केही बेलायती मिडिया वेबसाइटमा पनि समस्या देखिएको छ । बेलायत सरकारको प्रमुख वेबसाइटको सेवा पनि अवरुद्ध भएको छ ।